‘हिरोपन्ती’काे सिक्वेलमा टाइगर

एजेन्सी

काठमाडाै‌ं

चलचित्र ‘हिरोपन्ती’बाट एक्सन स्टार टाइगर श्राफले बलिउडमा डेब्यू गरेका थियो। सन् २०१४ मा रिलिज भएको उक्त चलचित्रमा टाइगरको जोडीको रुपमा अभिनेत्री कृति सेनन थिइन्।

केही समयअघि टाइगरले ‘हिरोपन्ती’को सिक्वेलमा काम गर्ने खबरहरु सार्वजनिक भएका थिए। अन्ततः टाइगर आफैले सामाजिक सञ्जालमा ‘हिरोपन्ती–२’ को पोष्टर शेयर गर्दै उक्त कुराको पुष्टि गरेका छन्।

अहमद खानको निर्देशनमा बन्ने चलचित्रको निर्माताको रुपमा साजिद नाडियाडवाला रहेका छन्।

यस चलचित्रमा टाइगरको एक्सन अवतार देख्न पाइनेछ। उनले पोष्टरसँगै लेखेका छन्, ‘यो मेरा लागि विशेष छ। साजिद सरसँग एक अर्को फेन्चाइजीमा काम गर्न पाउँदा मलाई खुसी लागेको छ।’

‘हिरोपन्ती–२’ सन् २०२१ को जुलाई १६ मा रिलिज हुनेछ।
 

प्रकाशित मिति: : 2020-02-29 06:30:49

प्रतिकृया दिनुहोस्