विकास र समृद्धि नेपाली जनताको हातमा छ : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले वर्तमान अवस्थामा नेपाली जनता स्वयं सार्वभौम रहेका कारण अहिले देशको विकास र समृद्धि पनि नेपाली जनताको हातमा रहेको कुरा बताएका छन्।

शुक्रबार उदयपुर जिल्लाको रौतमाई गाउँपालिकास्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीयस्थल रौता पोखरी क्षेत्र आसपासमा रणसार्दूृल गण नेपाली सेनाद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा उनले विकसित मुलुकमा हिजोको इतिहास हेर्दा शुरुमा उनीहरुले हातेमालो गरेर नै आज विकासित बन्न पुगेको धारणा राखे।

मुख्यमन्त्री राईले नेपालमा पनि धेरै साधनस्रोत रहेका कारण जनताले हातेमालो गरेर अगाडि बढे नेपाल १० वर्षभित्र दक्षिण एशियाको समृद्ध राष्ट्र बन्न सक्ने जिकिर गरे।

सरकारको मात्र मुख ताक्नुभन्दा जनताले पनि हातेमालो गरेर अगाडि बढ्न प्रयास गर्दै सरकारलाई सहयोग गरे नेपालमा विकासले फड्को मार्ने उनको भनाइ थियो।

नेपाली सेनाले सरकारलाई देशको सुरक्षा गर्न र विकास गर्न ठूलो सहयोग गरिरहेको भन्दै सेनाको विकास कार्यको मुख्यमन्त्री राईले खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित मिति: : 2020-02-29 09:40:41

प्रतिकृया दिनुहोस्