अमेरिकी सरकारसँग सहयोग लिन चाहान्छौं : अध्यक्ष प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदलको सुझावअनुसार परिमार्जन गरेर मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन्।

सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा प्रेस सङ्गठन नेपालले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै परिमार्जन नगरी रु ५५ अर्बका लागि राष्ट्रहित विपरीत सम्झौता नगरिने बताए।

‘अमेरिकी सरकारसँग सहयोग लिन चाहान्छौं’, अध्यक्ष दाहालले भने, ’सुझावसहित अमेरिकी सरकारलाई आग्रह गनेछौं।’

आग्रहलाई मञ्जुर नगरे राष्ट्रहित विपरीत सम्झौता नगर्ने उनको भनाइ थियो। ‘अहिले संविधान संशोधन हुदैंन’, उनले भने, ‘पार्टीको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुनेछ।'

प्रकाशित मिति: : 2020-03-01 01:43:26

प्रतिकृया दिनुहोस्