नेपाली चलचित्रको हरिबिजोग छ

बाह्रखरी

काठमाडौं

नेपाली चलचित्र उद्योगमा पत्रकारिताको बाटो हुँदै चलचित्रको दुनियाँमा प्रवेश गरेका व्यक्ति हुन्, नवीन सुब्बा । उनले बनाएर प्रदर्शनमा आएको चलचित्र हो– नुमाफुङ । ‘नुमाफुङ’मा उनले सुदूरपूर्वी पहाडी जिल्लाका रैथाने लिम्बू जातीमा रहेको संस्कारलाई केन्द्रमा राखेर आफ्नै गाउँठाउँको कथा प्रस्तुत गरे । ‘लार्जर द्यान लाइफ’को सूत्रमा बसेर चलचित्र निर्माण भइरहेका बेला ‘नुमाफुङ’ भीडमा फगत् सङ्ख्या थप्न आएको थिएन । मौलिक कथा र शैली बोकेर भित्रिएको थियो । भलै धेरैले भिडियो फिल्म भनेर रुखो कमेन्ट नै किन नगरुन्, त्यही चलचित्रले नै ‘आफ्नै कथा’ भन्न सकिन्छ भन्ने मानक स्थापित पनि ग¥यो ।

यो चलचित्रका निर्देशक नवीनलाई अर्को चलचित्र जन्माउन भने लामै समय लाग्यो । ‘गुड बाई काठमाडौं’ उनले बनाइसकेका छन् । केही अन्तरराष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड पनि जितिसकेका छन् । तर नेपाली दर्शकले भने उनको दोस्रो चलचित्र हेर्न पाएका छैनन् । अर्को चलचित्रको तयारीमा रहेका नवीन मौलिक चलचित्रको वकालत गर्छन् । आफ्नै कथा नभनेसम्म नेपाली चलचित्रले विदेश यात्रा तय गर्न नसक्ने बताउने नवीनसँग नेपाली चलचित्र, कथा, निर्देशक, बजार, अभिनय तथा क्षमतामा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सार :

प्रकाशित मिति: : 2020-03-01 02:37:51

प्रतिकृया दिनुहोस्