एल क्लासिको : चलेन मेस्सीको जादू, रियलसँग बार्सा २-०ले स्तव्ध

आइतबार सम्पन्न एल क्लासिको भिडन्तमा मेस्सीको जादू नचल्दा बार्सा रियलसँग २-० ले पराजित भएको छ । यो जीतसँगै बार्सालाई पछि पार्दै  रियल स्पेनिस लालिगाको शीर्षस्थानमा फर्केको छ।

३८ म्याचको सिजनमा २६ खेल खेल्दा रियलको ५६ अंक भएको छ भने बार्साको ५५ अंक। यसअघि ५३ अंकका साथ रियल २ अंकले पछि परेको थियो भने आजको जीतमा ३अंक हासिल गरेर उसले एक अंकको बढत बनाएको छ।

आजको एल क्लासिकोमा ७१ मिनेटसम्म दुबै टिमले बराबर खेलेका थिए । खेलको ७२औं मिनेटमा रियलका भिनिसस जुनियरले गोलको खाता खोल्दै १-०को अग्रता बनाए। त्यसपछि गोल बराबर गर्न लागेको बार्सा आक्रमक हुन खोज्दा रक्षा पंक्ति कमजोर भयो । त्यसको लाइदा उठाउँदै रियलले काउन्टर अट्याक गरिरह्यो । यही क्रममा अतिरिक्त समयमा मारियोनोले गोल गर्दै रियलको जीत पक्का गरे । उनी तीन मिनेटको अतिरिक्त समयमा बेन्जामाको ठाउँमा मैदानमा छिरेका थिए । 

आइतबार भएको एल क्लासिको भिडन्तमा मेस्सीको जादू नचल्दा बार्सा रियलसँग २-० ले पराजित भएको छ । बार्साले आफ्नै गृहमैदानमा गोलको खाता नै खोल्न सकेन भने रियलका लागि भिनिसस जुनियर र मालिनोले गोल गर्दै एक चीर प्रतिक्षित जीत दिलाए। यो जीतसँगै बार्सालाई पछि पार्दै  रियल स्पेनिस लालिगाको शीर्षस्थानमा फर्केको छ।

बार्साले आफ्नै गृहमैदानमा गोलको खाता नै खोल्न सकेन। यो हारले उसले एक चीर प्रतिक्षित एल क्लासिको मात्र गुमाएन, रियललाई महत्वपूर्ण तीन अंक लिनबाट रोक्न नसकेर अंक तालिकामा दोस्रो स्थानमा पनि झर्यो ।

बार्सा आज आफ्ना दुई महत्वपूर्ण खेलाडी सुरेज र डेम्बेले बिना मैदानमा उत्रेको थियो। उसले त्यसको चर्को मूल्य चुकाउनु पर्यो । मेस्सी खासै चलेनन् भने स्टार स्ट्राइकर ग्रिजम्यानले पनि निराश नै पारे । उनलेक केही महत्वपूर्ण अवसरको उपयोग गर्न सकेनन् ।

आजको खेलमा सबै तथ्यांक बार्साको पक्षमा देखिए पनि उसले परिणाम आफ्नो पक्षमा पार्न सकेन। 

प्रकाशित मिति: : 2020-03-02 17:09:17

प्रतिकृया दिनुहोस्