वेष्ट इण्डिजविरुद्ध श्रीलंकाको क्लिन स्विप

एजेन्सी

काठमाडाै‌ं

तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा श्रीलंकाले क्लिन स्विप गरेको छ।

आइतबार रति भएको अन्तिम तथा तेस्रो खेलमा पाहुना टिम वेष्ट इण्डिजलाई ६ रनले पराजित गर्दै श्रीलंकाले सिरिज ३-० ले क्लिन स्विप गरेको हो।

श्रीलंकाले दिएको ३ सय ८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १ रन मात्र बनाउन सक्यो।

वेष्ट इण्डिजका शाइ होपले ७२ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै सुनिल अम्ब्रेसले ६० तथा निकोलस पुरनले ५० रनको अर्धशतकीय इनिङ्स खेले।

श्रीलंकाका एन्जेलो म्याथ्युजले ४ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा अलआउट हुँदै ३ सय ७ रन जोडेको थियो। श्रीलंकाका कुशल मेन्डिसले ५५ तथा धनन्जय सिल्भाले ५१ रनको अर्धशतकीय इनिङ्स खेले।

दिमुथ करुनारत्ने र कुशल परेराले ४४/४४ रन बनाए। 

वेष्ट इण्डिजका अल्जारी जोसेफले ४ तथा जासन होल्डरले २ विकेट लिए।

यस अघि पहिलो खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई १ विकेट र दोस्रो खेलमा १ सय ६१ रनले हराएको थियो।
 

प्रकाशित मिति: : 2020-03-02 20:56:08

प्रतिकृया दिनुहोस्