बलात्कार प्रयासकाे आराेप लागेका प्रदेश सांसद रावल थप चार दिन थुनामा

बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सुदूरपश्चिम प्रदेशका नेकपा सांसद अक्कलबहादुर रावललाई ४ दिनको म्याद  दिइएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जिल्ला अदालत कैलालीले बकपा सुदूरपश्चिम प्रदेशसभा सचेतक समेत रहेका रावलमाथि अनुसन्धानका लागि चार दिन म्याद थप गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले रावलमाथि जवरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको बताए।

उक्त मुद्दामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको उनले बताए। उक्त मुद्दामा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ।

रावलविरुद्ध धनगढी उप–महानगरपालिकाकी  एक विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्।

पीडित भनिएकी महिलाले केही दिन पहिले जिल्ला प्रहरी कार्यालय कैलालीमा दिएको उजुरीका आधारमा  उनी बुधबार पक्राउ परेका थिए । प्रहरीका अनुसार घटना गत माघ २१ गतेकै भएपनि ढिलागरी उजुरी परेको थियो । 

रावल अछाम क्षेत्र नम्बर २ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति: : 2020-03-06 19:21:43

प्रतिकृया दिनुहोस्