प्रधानमन्त्री ओलीले भने– म छिट्टै काममा फर्कन्छु

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन्।

बुधबार दोस्रोपट मिर्गौलाको सफल प्रत्यारोपणपछि अस्पतालमा रहेका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यमा अपेक्षकृत सुधार आएको र प्रत्यारोपित मिर्गौलाले राम्रो काम गरिरहेको चिकित्सकहरुले बताएका छन्।

शुक्रबार प्रधानमन्त्रीलाई भेट्न पुगेका उनका प्रमुख सल्लाहकार विष्णु रिमालले  उनी छिट्टै काममा फर्कने बताएको जानकारी दिए।

उनले भने,‘ सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिज्यूसँग कुरा गर्ने अबसर मिल्यो। ‘साथिहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ। छिट्टै म काममा फर्किन्छु।’

 

प्रकाशित मिति: : 2020-03-07 00:44:58

प्रतिकृया दिनुहोस्