प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्।
हाल प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका छन्।
शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भ्रष्टाचारीलाई काम कारबाही गर्न नसकेका कारण प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका हुन्।
सांसद चौधरीले भने, ‘प्रधानमन्त्रीज्यू शरीरको अंग भएर पनि काम नलाग्ने भएपछि त फेर्न पर्दो रहेछ नि। त्यसैले आफ्नो आसेपासे भएपनि देश र जनताको काम नलाग्ने मान्छे, भ्रष्टाचारहरुलाई किन कारबाही अहिलेसम्म भइराखेको छैन? नैतिकताको आधारमा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु।’
चीनबाट फैलिएको कोरोना भाइरस भन्दा भ्रष्टाचार ठूलो समस्या रहेको उनले बताए। उनले भने ‘भ्रष्टाचार देशको मुटु, फोक्सो, कलेजो र नशा नशामा पसेको र आम जनताको रगत र पसिना चुसिरहेको उल्लेख गरे।’