नारी दिवसको अवसरमा भोलेन्टियर समूहद्वारा सेनेटरी प्याड वितरण

भोलेन्टियर समूह वीरगन्जले लालपर्साका किशोरी संवाद केन्द्रमा आवद्ध किशोरीहरुलाई सेनेटरी प्याड प्रदान गरेको छ। ८ मार्चका दिन मनाउने गरिएको नारी दिवसको अवसर पारेर भोलेन्टियर समूहले सनेटरी प्याड वितरण गरेको हो।

समृद्धि सृजना किशोरी संवाद समूह तथा सागर सुनौलो किशोरी संवाद समूहमा आवद्ध किशोरीहरुलाई २०० थान सेनेटरी प्याड वितरण गरिएको समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिए। 

विभिन्न सेवा मूलक कार्य गर्दै आएका समूहले नारी दिवसका अवसरमा महिनावारीको समयमा अपनाइने स्वच्छताको बारेमा सचेत गराउदै सो प्याड वितरण गरिएको स्वास्थ्यकर्मी अनिश कान्त कुश्वाहाले बताए । 

‘खास गरि महिलाहरु महिनावारीको समयमा प्याडभन्दा कपडाको प्रयोग धेरै गर्छन्। यसले महिलाको स्वास्थ्यमा असर गर्छ। यसकै लागि हामीले प्याड वितरण गरेका हौं,’ उनले भने।

यता समूहका संयोजक राजन श्रीवास्तवले देशलाई बिकास गर्नका लागि सबै भन्दा पहिला महिला र किशोरीहरु स्वस्थ्य एवमं शिक्षित भए मात्र देशको विकाश हुन सक्ने बताए। 

वितरण भएको सेनेटरी प्याड वीरगन्जमा अवस्थित सानोपाइला संस्थाबाट भोलेन्टियर समूहलाई सहयोग प्राप्त भएको थियो ।
 

प्रकाशित मिति: : 2020-03-08 08:57:47

प्रतिकृया दिनुहोस्