मध्यप्रदेशका २० मन्त्रीले बुझाए राजीनामा

भारतको मध्यप्रदेश राज्यमा २० जना मन्त्रीले राजीनामा बुझाएका छन् । राजीनामा बुझाएका मन्त्रीहरुले मुख्यमन्त्री कमलनाथलाई नयाँ धारबाट मन्त्रिमण्डल गठन गर्न आग्रह गरेका छन्। 

वर्माले सिन्धियाले सबै मन्त्रीले मुख्यमन्त्रीलाई आफ्नो विवेक प्रयोग गरेर मन्त्रिमण्डल बनाउन सुझाव दिएको बताए । 

त्यस्तै मङ्गलबार काङ्ग्रेस विधायक दलको बैठक बोलाएको छ । मुख्यमन्त्री निवासमा राति अबेरसम्म चलेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकपछि लोक निर्माण मन्त्री सज्जन सिंहले सञ्चारमाध्यमलाई यो जानकारी दिएका हुन् । 

उनीसँगै मन्त्री उमंग सिंघार, पीसी शर्मा, हुकुम सिंह, तरुण भनोतसहित अन्य धेरै मन्त्रीहरु उपस्थित थिए । 

लोक निर्माण मन्त्री वर्माले सरकारलाई अस्थिर बनाउने भारतीय जनता पार्टी (भाजपा)को षड्यन्त्रलाई सफल हुन नदिने बताए । वर्माले मङ्गलबार साँझ ५ बजे काङ्ग्रेस विधायक दलको बैठक बोलाइएको र बैठकमा काङ्ग्रेसले आफ्नो रणनीतिको बारेमा खुलासा गर्ने बताए । 
 

प्रकाशित मिति: : 2020-03-10 20:44:08

प्रतिकृया दिनुहोस्