अन्‍नपूर्ण न्यूरो अस्पतालले लापरबाही गरेको भन्दै स्थानीय आक्रोशित, प्रशासन गुहार्दै पूर्वसेनापति राणा पनि

देशसञ्चार

काठमाडाै‌ं

माइतीघरमा रहेको अन्नपूर्ण न्यूरो अस्पतालले चरम लापरबाही गरेको भन्दै स्थानीय बासिन्दाले प्रशासन गुहारेका छन्।  लगातारको आग्रहलाई समेत वेवास्ता गरेपछि आफूहरु प्रशासन पुग्नु परेको स्थानीय बासिन्दाको भनाइ छ।

अन्नपुर्ण न्युरो व्यवस्थापनले पेलेरै जान खोजेकाले कानुनी उपचारमा जानु परेको स्थानीय अरुण रजौरियाले बताए। रजौरियालगायत स्थानीयको समूह पछिल्लो समय लगातार वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय धाइरहेको छ। ढल फुटेर घर बाहिर बग्न थालेपछि प्रशासनलाई गुहार्नुपर्ने अवस्था आएको स्थानीयले बताए। गत साता पूर्व सेनापति प्रवलशमशेर राणासहित स्थानीयको समूहले काठमाडौँ जिल्ला प्रशासनमा लिखित निवेदन दिएको छ।

अन्नपुर्ण न्युरो अस्पतालले आफ्नो ढलका कारण समस्या नआएको दाबी गर्दै आएको छ। तर स्थानीयले अस्पतालबाट निस्कने ठोस पदार्थजन्य फोहोरमैला सामान्य ढलमा लगेर मिसाएका कारण ‘जाम’ भएपछि फुटेर ढल बाहिर आएको बताउँदै आएका छन्। काठमाडौँ महानगरपालिकाका स्थानीय वडाध्यक्ष हिरालाल तण्डुकारले समस्या जटिल बनिरहेको बताए।

प्रकाशित मिति: : 2020-03-11 04:54:47

प्रतिकृया दिनुहोस्