बारा पर्सा हावाहुरी: प्रभावित गाउँहरू उजाड, पीडित अन्योलमा

BBC

म सोमवार सुरूमा बाराको पुरैनिया पुगेँ। त्यहाँ पुग्दा गाउँमा केही पनि बाँकी नरहेजस्तो उजाड देखिन्थ्यो। घर, रुख, पोल सबै ढलेका थिए। मानिसहरू अरूको घर भत्किएको अवस्था कस्तो छ, उपचारका लागि को को अस्पताल जान पाए वा कोही घरमै फसिरहेका छन् कि भनेर खोजी गरिरहेका थिए।

हावाहुरीमा परि आफन्त गुमाएकाहरू घरमै रोइरहेका थिए। वृद्धवृद्धा अनि बालबालिकाहरू पनि रोइरहेका देखिन्थे। त्यहाँ पुग्दा अचम्म लागेको चाहिँ त्यहाँ छेउछाउका अरू गाउँहरूमा कतै क्षति पुगेको थिएन।

प्रकाशित मिति: : 2019-04-01 18:39:11

प्रतिकृया दिनुहोस्