पञ्जाबविरुद्ध सन्दीप : चार ओभरमा २७ रन खर्चेर लिए २ विकेट

उज्यालो

दिल्ली क्यापिटल्सबाट खेलिरहेका नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानले आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबविरुद्ध २ विकेट लिएका छन्। चार ओभर बलिङ गरेका सन्दीपले २७ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए। उनले साम कुर्रन र सर्फराज खानको महत्वपूर्ण विकेट दिलाए।

सन्दीपले व्यक्तिगत पहिलो स्पेल दिएर टिमको चौथो ओभरमा बलिङ गरेका थिए। पहिलो बलमा एक रन दिएका सन्दीपले दोस्रो बल डट राखे। तेस्रो बलमा २ रन खर्चिएका सन्दीपले चौथो बलमा भने छक्का खाएका थिए । पाँचौ बलमा कुर्रनलाई एलबीडब्ल्यू आउट गरे। कुर्रन १० बलमा २० रन बनाएर आउट भए। सन्दीपले पहिलो ओभरमा १० रन खर्चिएर समग्रमा एक विकेट लिए।

प्रकाशित मिति: : 2019-04-01 21:56:37

प्रतिकृया दिनुहोस्