माटोको भाँडोमा चिया खाएको ती दिन ...

हिरण्यकुमारी पाठक– पूर्व बैंकर तथा साहित्यकार

बाह्रखरी

काठमाडौं

काठमाडौं । उमेर यस्तै १३ वर्षको हाराहारी हुँदो हो उनले बनारसस्थित वसन्त कन्या विद्यालयबाट म्याट्रिक पास गर्दा ।

पिताजी उनलाई डाक्टर बनाउन चाहन्थे । त्यसैले बनारस हिन्दू युनिभरसिटी (बीएचयू) मै रहेको महिला कलेजमा साइन्स पढ्ने गरी भर्ना गरिदिए । विज्ञानको पढाइ, सहज त थिएन । तर, पिताजीको चाह पूरा गर्न उनी पढाइमा जोडतोडका साथ लागिन् । साइन्सको पढाइमा प्राक्टिकल कक्षा बढी गर्नु पथ्र्यो । प्राध्यापकले पहिले प्राक्टिकल गरेर देखाउँथे । पछि विद्यार्थीले पनि त्यस्तै गर्नु पथ्र्यो । उनले पनि पढाइका क्रममा दर्जनभन्दा बढी भ्यागुता चिरेको आज पनि सम्झिन्छिन् ।
उनका पिताजीले बनारसमा काम गरेकै १२ वर्ष बितिसकेको थियो । साँझ घर फर्किँदा उनको पिताजी केही न केही किनेर ल्याउँथे । ‘‘पिताजी घर फिर्दा खाली हाल आएको कहिल्यै थाहा पाइन ।’’

प्रकाशित मिति: : 2020-03-12 21:59:47

प्रतिकृया दिनुहोस्