कोरोनाबारे जनचेतनाका लागि भट्टराईले फेरे ट्वीटरमा नाम

बिएल संवाददाता

काठमाडाै‌ं

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना भाइरसबारे जनचेतनाका लागि ट्वीटरमा आफ्नो नाम परिवर्तन गरेका छन्। बुधबार साँझ ६ बजे उनले ट्वीटरमा आफ्नो नामको ठाउँमा'नियमित हात धोऔं/ आफ्नो हात धोऊ'भनेर राखेका छन्।

नाम परिवर्तन गरेर कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहल गरेको उनको भनाइ छ।

भट्टराईले  लेखेका छन्, ‘कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं /आफ्नो हात धोऊ) राखेको छु। विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।’ 

विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख नाघेको छ। बुधबार साँझसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ४ हजार ७९ जना पुगेको छ।

कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर (नियमित हात धोऔं / Wash your hands) राखेको छु। विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय हो।

— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) March 18, 2020
प्रकाशित मिति: : 2020-03-19 11:07:28

प्रतिकृया दिनुहोस्