अमेरिकाका दुई सांसदलाई कोरोना भाइरस संक्रमण  

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाका अर्का एक सांसदलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ। यी सांसद उटाहका डेमोक्रेटिक कंग्रेसमेन बेन्जामिन माइकल म्याक्एडम्स हुन्। यसै वर्ष भएको निर्वाचनमा उनी उटाहको चौथो कंग्रेसनल डिस्ट्रिक्टबाट चुनिएका हुन्।

बेन म्याक्एडम्सका नामले बढी परिचित उनले मंगलबार कोरोना भाइरस परीक्षण गरेकोमा बुधबार पोजिटिभ देखिएको बताए। उनका अनुसार शनिबार वासिङ्टन डीसीबाट फर्केपछि उनमा कोरोना भाइरसको लक्षण देखिएका थिए। 

यसअघि आजै कंग्रेसमेन मारियो डायस-वालार्ट काबेलेरोलाई कोभेड-१९ भएको पुष्टि भएको थियो। 

५८ वर्षीय कंग्रेसमेन मारिरयो रिपब्लिकन पार्टीका सांसद हुन्। उनी फ्लोरिडा राज्यको २५औं कंग्रेसनल डिस्ट्रिक्टबाट अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा प्रतिनिधित्व गर्छन।

सन् २००२ देखि उनी सांसद रहेका छन्। 

अमेरिकामा यी दुई बाहेक अन्य १३ सांसदमा पनि संक्रमणका लक्षण देखिएर सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ। 

प्रकाशित मिति: : 2020-03-19 21:49:52

प्रतिकृया दिनुहोस्