मास्क र सेनिटाइजरमा कालोबजारी गर्ने चार पक्राउ

कालोबजारी गर्ने चार जनालाई जनकपुरधामबाट पक्राउ गरिएको छ।

जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले अनुगमनका क्रममा मास्क र सेनिटाइजरमा कालोबजारी गर्न चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जनकपुर भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरिएको छ। यी दुबैले सेनिटाइजरमा कालोबजारी गरेको धनुषा प्रहरीको भनाइ छ।

यस्तै जनकपुरधाम ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका ८ बस्ने संजय साह र जनकपुरधााम ४ स्थित सम्पूर्ण मेडिकलबाट सोही ठाउँका ३२ वर्षीय संजय साह छन्। यी दुबैले मास्कमा कालोबजारी गरेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2020-03-23 02:13:22

प्रतिकृया दिनुहोस्