कोरोना महामारीमा नाति-नातिना र हजुरबा–हजुरआमालाई कसरी जाेगाउने ?

कोरोना भाइरस आएपछि यो भाइरसले बालबालिकामा कस्तो असर गर्छ त भन्नेबारे अहिलेसम्मका समाचारले चिन्ता लिनु नपर्ने, ढुक्क भए हुने भन्ने मात्रै बताइरहेका छन्। गत साता चीनबाट थप प्रमाण पनि आए–बुढापाकामा भन्दा बालबालिकामा कोरोना भाइरसका कारण हुने कोभिड–१९ भन्ने रोगका लक्षण एकदमै सामान्य मात्र हुन्छन्।

तर विज्ञहरुले सचेत गराउदै भनेका छन्– केटाकेटीहरु भाइरस संक्रमणको ‘लक्षण नदेखिइकन’ भाइरस बोकेर हिंड्ने र फैलाउने खतरनाक माध्यम हुन् र उनीहरुले यो भाइरसलाई सजिलै निरोध गर्न सक्छन् भन्ने दुवै मान्यता अतिसयोक्ति हुन्।

अहिलेसम्म प्रष्ट भइसकेको कुरा हो, कोरोना भाइरसले हुने कोभिड–१९ रोगका लक्षण केटाकेटीमा पनि देखिन्छ र केटाकेटीबाट यो एकदमै छिटो फैलिन्छ। केटाकेटी सरुवा रोग फैलाउने एकदमै सहज माध्यम हुन्। त्यही भएर अहिले लाखौँ बालबालिकालाई स्कुल पठाउनुको साटो घरमै बाबुआमा, हजुरबा–हजुरआमासँग राख्नुपरेको हो। 

अर्को कुरा ६५ बर्ष माथिका बुढाबुढीलाई यो भाइरसको संक्रमणले तुरुन्तै गम्भीर र जटिल स्वास्थ्य अवस्थामा पुर्याइहाल्छ भन्ने पनि प्रष्ट भइसकेको छ। 

आफ्ना नानीले घरमा हजुबा–हजुरआमासँग हेलमेल गर्न, भेटघाट गर्न हुन्छ कि हुदैन त भन्ने अन्यौल र कौतुहलता छ धेरैमा।

अझ कतिपय समाजमा एउटै छानामूनि बहुपुस्ता बस्ने चलन हुन्छ। यो घडीमा बालबालिकालाई परिवारका जेष्ठ सदस्यबाट छुटाएर राख्ने कि, के गर्ने भन्नेबारे अहिलेसम्म हामीलाई थाहा भएको कुरा यस्तो छ।   

‘सोसल डिस्टेन्सिंग’ अर्थात् ‘तोकिएको आपसी दुरी’ कायम राख्ने अभ्यासको पालना भनेको के हो? परिवारको हकमा भन्ने हाे भने अन्यौलपूर्ण कुरा हो। तैपनि दुई मिटरभन्दा नजिक गएर ब्यबहार नगर्ने, हातमुख धोएर सफा राख्ने, अँगालो नहाल्ने, पहिरन आ–आफ्नो लाउने, मिसाएर होइन छुट्टाछुट्टै राख्ने, खोक्दा, हाच्छिँउ गर्दा पर सरेर, जोगिएर मुख काखीतिर पारेर गर्ने, आवश्यकताले निस्किनु परे घरबाहिर परिवारको एकजना मात्रै जाने आउने गर्ने जस्ता कुरा परिवारको ‘आपसी दुरी’ का साबधानी भित्र पर्छन्।  

आफ्नै समुदायमा कोभिड–१९ का बिरामी देखापरे भने त झन् उच्च पारिवारिक सतर्कताका अपनाउन घरका सबैलाई शिक्षित गर्न जरुरी हुन्छ। 

घरका हजुरबा–हजुरआमालाई सुरक्षित राख्नु त झन् महत्वपूर्ण छ यो महामारीमा। उनीहरुमा पहिलेनै एक  वा अनेक स्वास्थ्य समस्या र जटिलता हुन सक्छन्। मुटुरोग, मधुमेह, स्वासप्रश्वासका रोग भएका बुढाबुढीलाई कोभिड–१९ले तुरुन्तै मरणासन्न अबस्थामा पुर्याइहाल्छ। उपचारमा एकपछि अर्को जटिलता आएर मृत्यु नै भइहाल्ने खतरा एकदमै धेरै हुन्छ। चीनमा एक बच्चाको मृत्युबाहेक बच्चाको हकमा अहिलेसम्म सामान्य लक्षण देखिने र  निको हुने नै देखिएको छ। तर खेलाँची गर्नु कतै भनिएको छैन।

त्यसैले बालबालिका र बुढापाकाको लागि सकेसम्म बेलैमा सुरक्षित हुने बारे सोच्नु र ब्यबहारमा परिवर्तन ल्याउनु बुद्दिमानी हुन्छ। छुट्टीमा भनेर हजुरबा–हजुरआमा भेट्न दौडादौड नगराऔं नानीहरुलाई। भिडियो वा फोनमा कुराकानी गरेर अहिलेलाई चित्त बुझाउन सकिन्छ।

खासगरी केटाकेटीले रोग बोकेर हिंडिरहेका छन् कि छैनन् भनेर भन्न नै धेरै गाह्रो हुने गर्छ। यस्ताे अवस्थामा कोरोना भाइरसका प्रतोरोधी हुन् बालबालिका भन्ने कुरा सत्य नहुन सक्छ। तर पनि धेरैभन्दा धेरै प्रमाणले  देखाएका छन्, बच्चा सामान्यत: स्वास्थ्य छ भने उसमा कोभिड–१९ का न्यून लक्षण मात्रै देखिने गरेको छ।

बालबालिकाको स्वास्थ्यको हकमा यो एउटा राम्रो समाचार भएपनि सामान्य लक्षण मात्रै देखिने कारणले केटाकेटीले खोक्दा, सिंगान बगाउँदा वा दिसा गर्दा वातावरणमा भाइरस फैलाइरहेको छ कि भन्ने कुरा थाहा हुदैन। 

ताजा तथ्याङ्कले भन्छ ‘भाइरस शरीरमा प्रवेश गरिसकेर लक्षण देखिनु अगाडिको ‘इन्क्युबेसन’ को अबधिमै पनि संसर्गमा आएमा अर्को व्यक्तिलाई भाइरस सर्न सक्छ’ डाक्टर डार्जिनक्विच भन्छन्। 

त्यसैले बच्चाबाट बुढाबुढी जोगाउनु र बुढाबुढीबाट बच्चा जोगाउनु अहिलेको सबै परिवारको आवश्यकता र सतर्कता हो। अन्य सबै सामाजिक सम्बन्धमा तपाईं सुरक्षित हुनुहुन्छ भने भुराभुरी र बुढाबुढीलाई हेलमेल गराउने कुरा नि अहिलेलाई बन्द गराउनुहोस्। त्यो त्यति ब्यबहारिक नहुने भए नि गर्न सकियो भने हाम्रा संवेदनशील मान्छे ‘बालबालिका र बुढापाका’ लाई स्वास्थ्य र सुरक्षित राख्ने एउटा उत्तम उपाय भने हो। 

एउटै घरमा बस्ने नातीनातिना र हजुरबा–हजुरआमा भए हात धुन अत्यावश्यक

तीन पुस्ता एउटै छानामूनि बस्ने परिवारले साबधानी अपनाएन भने त्यसले धेरै परिवारलाई जटिल स्वास्थ्य स्थितिमा पुर्याउँछ एकदिन। ‘यस्ता परिवारमा जति सक्दो धेरै पटक हात धोएको धोएइ गर्नु र आफ्नो र अरुको अनुहारको कुनै पनि भागमा हातले नछुनु उत्तम हुन्छ। ‘कोभिड–१९ फैलिन नदिने यो नै सबैभन्दा राम्रो उपाय हो’ डाक्टर डार्जीक्विन्च भन्छन्।   

घरमा कसैलाई कोभिड–१९ प्रमाणित भयो वा छ भन्ने शंका भयो भने तुरुन्तै उसलाई र उसको सम्पर्कमा घुलमिल भएका मान्छेलाई अलग्याउनु पर्छ। घरमा बुढाबुढी छन् भने तुरुन्तै परीक्षण र विज्ञ परामर्शमा गइहाल्नु पर्छ।  भाइरसको निदान गर्न नसकिए पनि बेलैमा थाहा पाइयो भने लक्षणको उपचार गरेर हाम्रा प्रियजनलाई बचाउन सकिन्छ। 

सबैले हातेमालो गर्दै तर याद राख्नुहोस् अहिले त ‘छुट्टिएर’ हामीले हाम्रा हजुरबा–हजुरआमा र बालबालिकालाई स्वास्थ्य राख्न र सुरक्षित राख्न सक्छौं। 

मूलश्रोत: क्याथरिन पियर्सन, हफिंगटन पोस्ट

प्रकाशित मिति: : 2020-03-23 18:15:00

प्रतिकृया दिनुहोस्