राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गरेका छन्।
मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन्।
राष्ट्रियसभा अध्यक्ष तिमल्सिनाले संसद सचिवालयलाई सोमबार पत्र लेखेर आफ्नो एक महिनाको पारिश्रमिक सो कोषमा जम्मा गर्न निर्देशन दिएका हुन्।
यता नेकपाका युवा नेत्री रामकुमारी झाक्रीले पनि एक महिनाको तलब जम्मा ग्रने सामाजिक संजालमार्फत जानकारी गराएकी छिन्।