भोलिबाट घरबाट बाहिर निस्कन नपाइने, सबै गाडी बन्द

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले भोलिबाट घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरिय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले भोलि बिहान ६ बजेबाट एक सातासम्म घरबाट बाहिर निस्कन नसक्ने गरी रोक लगाएको हो।

यस निर्णयसँगै खाद्यान्नलगायत अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सम्पूर्ण सवारी साधन पनि चलाउने नपाइने भएको छ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्। 

आजमात्रै फ्रान्सबाट आएकी एक युवतीमा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रीले जानकारी गराएका थिए। यसअघि सरकारले अन्तराष्ट्रिय उडान बन्द गरिसकेको छ भने लामो दुरीका सवारी चलाउन रोक लगाएको थियो। 

प्रकाशित मिति: : 2020-03-24 08:24:31

प्रतिकृया दिनुहोस्