कोरोना कोष: राष्ट्रपतिले दुई महिनाको पारिश्रमिक दिने

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा दुई महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने बताएकी छिन्। 

मन्त्रिपरिषदको बैठकले आइतबार सो कोष गठन गरी प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक एक महिनाको तलब जम्मा गर्ने निर्णय गरेको थियो। सो कोषमा सरकारले ५० करोड रुपैयाँ जम्मा गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक दिने उल्लेख छ।

‘राष्ट्रपति विद्यादेवी भण्डारीबाट महामारीको रूपमा फैलिएको कोरोनाभाइरस रोगको संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवम् नियन्त्रणका लागि नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई आफ्नो दुई महिना बराबरको पारिश्रमिक प्रदान गर्नुहुनेछ,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
 

प्रकाशित मिति: : 2020-03-24 09:58:53

प्रतिकृया दिनुहोस्