भरतपुरको कोरोना अस्पतालको आइसोलेसनमा राखिएका युवकको मृत्यु, कोरोना पुष्टि हुन बाँकी

चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ। मंगलबार बिहान ७ बजे उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उच्च ज्वरो र रूघाखोकीले ग्रसित वीरगञ्जका ३० वर्षिय एक युवकको मृत्यु भएको हो। 

उनको शव अस्पतालमै राखिएको छ। 

उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिनअघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गराइएको थियो, तर कोरोना संक्रमण भए नभएको रिपोर्ट आउन बाँकी छ। 

उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको थियो। परीक्षणका लागि मंगलबार बिहान विमानबाट काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको अस्पताल स्रोतले जनाएको छ।

यसैबीच स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृत्यु हुने युवको रोग पत्ता लागिनसकेको  भन्दै मृत्युको कारण के हो भनेर खुल्न बाँकी रहेको बताए।

प्रकाशित मिति: : 2020-03-25 01:17:33

प्रतिकृया दिनुहोस्