बंगलादेशका यौनकर्मी संकटमा, परिवार पाल्न समस्या

More than 1,500 sex workers are based at Dhaka's Daulatdia brothel, one of the world's largest [File: Andrew Biraj/Reuters]

विश्वकै ठूलो वेश्यालय भएको मानिने बंगलादेशका यौनकर्मीहरूले सरकारले घोषणा गरेको आपतकालीन राहत प्याकेज तुरुन्त उपलब्ध गराउन माग गरेका छन्। 

गत शुक्रबार सरकारले यौनकर्मीलाई ३० केजी चामल, २५ अमेरिकी डलर र टेन्टको विशेष प्याकेज दिने आश्वासन दिँदै वेश्यालय अप्रिल ५ सम्मका लागि बन्द गर्ने घोषणा गरेको थियो।

कोरोना भाइरस संक्रमणसँग लड्न सरकारले राजधानी ढाकादेखि सय किलोमिटर पश्चिममा पर्ने दौलतदिया वेश्यालय बन्द गर्ने घोषण गरेको थियो। यो वेश्यालयमा १५ सय महिला यौनकर्मी कार्यरत छन्। र, यहाँ दैनिक ५ हजार ग्राहक आउने गरेको अनुमान लगाइन्छ। 

दौलतदिया वेश्यालय सताब्दीदेखि सञ्चालनमा छ। ब्रिटिशहरूले भारतमा शाषन चलाउँदा यसको स्थापना भएको थियो। पहिले यो फेरी स्टेशन नजिकै थियो। तर, १९८८ मा लागेको आगोका कारण सारिएको हो। 

धेरै च्यारेटीहरूले यहाँ उमेर नपुगेका नाबालक यौनकर्मी पनि रहेको आरोप लगाउदै आइरहेका छन्। यो दक्षिण एसियामा १२ औं कानुनी मान्यताप्राप्त वेश्यालय हो। यहाँ कार्यरत महिला यौनकर्मीले दिनमा १२ देखि २४ अमेरिकी डलरसम्म कमाईं गर्दै आइरहेका छन्। 

कोरोना भाइरसका कारण आफ्नो पेशा संकटमा परेपछि परिवार पाल्न गाह्रो परेको भन्दै उनीहरूले सरकारले आश्वासन दिएको विशेष प्याकेज तत्काल उपलब्ध गराउन आग्रह गरेका हुन्। उनीहरूले आफू र बालबच्चाका लागि खाद्यान्न खरिद गर्न पैसा नभएको बताएका छन्।

सरकारी अधिकारी रुबियात हायातले सहायता प्याकेज उपलब्ध गराउन अझैं एक साता लाग्ने बताएपछि उनीहरू अफ्ठेरोमा परेका हुन्। 

कोरोनाका कारण बंगलादेशमा ३ जनाको निधन भइसकेको छ भने ३३ संक्रमणकारी उपचारार्थ छन्। मुस्लीम देश भएपनि यौन व्यवसायले बंगलादेशमा कानुनी मान्यता पाएको छ। 
 

प्रकाशित मिति: : 2020-03-25 01:20:05

प्रतिकृया दिनुहोस्