केही दिनअघि भारतबाट आएका व्यक्ति कोरोनाको आशंकामा रंगेली अस्पताल भर्ना

बिएल संवाददाता

रंगेली, मोरङ

कोरोनाको आशंकामा मोरङको रंगेली अस्पतालको आइसोलेशनमा एक विरामी भर्ना भएका छन्।

सुनवर्षी नगरपालिका  घर भएका ती युवक मंगलबार अस्पतालको आईशोलेसनमा भर्ना भएको अस्पतालका डाक्टर रोहिन्द्र पाण्डेले बताए।

उनलाई उच्च ज्वरोसहित निमोनियाको समस्या रहेको र कोरोनाका केही लक्ष्यणहरूसमेत फेला परेकाले कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै उनलाई छुट्टै आइसोलेशन वार्डमा राखेर उपचार गरिएको पाण्डेले बताए।

यसैबीच उनी  भारतको केरला राज्यबाट केही दिनअघि नेपाल आएको सूचना पाएपछि रंगेली अस्पतालका डाक्टर र रंगेली प्रहरीसहितको टोलीले सो क्षेत्रको अनुगमनसमेत गरेको प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।

रंगेली नगरपालिकाले रंगेली अस्पतालमा ५ वेडको आइसोलेशनवार्ड तयार पारेको छ ।

प्रकाशित मिति: : 2020-03-25 06:17:17

प्रतिकृया दिनुहोस्