अमेरिकामा कोरोना कारण एक नेपालीकाे मृत्यु

अमेरिकामा एक नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ। कोरोना संक्रमण भएर केही दिनअघि मात्रै अस्पताल भर्ना भएका पाँचथरको रानी गाउँका रमेश (लीला) सम्वाहाङ्फेको मंगलबार मृत्यु भएको हो।

लामोसमय डाइबिटिज र प्रेसरको समस्या भोग्दै आएका साविक रानीगाउँ ४ निवासी उनको कोरोना संक्रमणका कारण निधन भएको उनकी भतिजी अमृता लिम्बूले पुष्टि गरेकी हुन्।

सम्वाहाङ्फे लामो समयदेखि परिवारसहित अमेरिकाको न्युयोर्क बस्दै आएका थिए। उनले अमेरिकामा रहेर ह‍ोटल तथा ट्याक्सी व्यवसाय सञ्‍चालन गरिरहेका थिए। उनकी श्रीमती र दुई छोरा पनि अमेरिकामै रहेका छन्। 

प्रकाशित मिति: : 2020-03-25 07:19:22

प्रतिकृया दिनुहोस्