अमिक शेरचनद्वारा कोरोना कोषमा सहयोग

गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।

नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा प्रमुख शेरचनले एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका हुन्।

उनका प्रेस संयोजक रुद्र श्रीसमगरका अनुसार राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा कोषको नाममा रहेको खातामा रकम जम्मा गर्नका लागि शेरचनले आवश्यक व्यवस्था मिलाउन निर्देशन 
दिएका छन्।

प्रदेशवासीलाई अहिलेका अवस्थामा नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले अघि सारेको प्रयासमा पूर्ण साथ दिन सम्पूर्ण अपिलसमेत प्रमुख शेरचनले गरेका थिए।

प्रकाशित मिति: : 2020-03-25 09:24:01

प्रतिकृया दिनुहोस्