प्रतिनिधिसभा बैठक चैत २३ गते बस्ने गरी स्थगित

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसको जोखिमलाई रोक्न गरिएको लकडाउनका कारण प्रतिनिधिसभाको बैठक आगामी चैत २३ गते सम्मका लागि स्थगित भएको छ।

संघीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले बुधबार सूचना जारी गर्दै यसअघि चैत १३ गतेलाई बोलाइएको बैठक २३ गते बस्नेगरी स्थगित गरिएको जनाएका हुन्।

 सरकारले देशभर अत्यावाश्यक सेवा वाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएकाले प्रतिनिधि सभा नियामावली २०७५को नियम ६ को उपनियम ३ बमोजिम अर्को बैठक चेत २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरेको संसद सचिवालयले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-03-26 00:47:47

प्रतिकृया दिनुहोस्