नेपालमा भेटिए तेस्रा कोरोना संक्रमित, आइसोलेसनमा उपचार हुँदै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा अर्का एकजना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको वेवसाइटमा अर्को कोरोना संक्रमित भेटिएको उल्लेख छ।

यसअघि माघ ८ मा नेपालमा पहिलो पटक चीनबाट फर्किएका एक नेपालीमा कोरोना भएको पुष्टि भएको थियो। तर उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्। यता अर्का एक जना १९ वर्षीया किशोरी शुक्रराज सरुवा रोग टेकुमा उपचाररत छिन्। 

featured_image

अहिले संक्रमण देखिएका व्यक्ति नेपालका लागि तेस्रो हुन। वेवसाइटले कहाँको कसलाइ संक्रमण भएको भन्ने केही खुलाइएको छैन। यद्यपी संक्रमितको संख्या ३ बनाइएको छ। 

योसँगै आइसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या दुई भएको छ। केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा कोरोनाको लागि ६८७ जनाको नमुना परीक्षण गरे पनि अहिले सम्म ६८४ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ।

प्रकाशित मिति: : 2020-03-26 01:29:43

प्रतिकृया दिनुहोस्