मलेसियामा ‘लकडाउन’को अवधि थप दुई हप्ता लम्बियो

बिएल संवाददाता

काठमाडाै‌ं

मलेसियामा ‘लकडाउन’को अवधि थपिएको छ। सरकारले अप्रिल दुई हप्ता लकडाउन लम्बाएकाे हो।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि मार्च ३१ गतेसम्म गर्ने भनेको लकडाउन बढाएर अप्रिल १४ गतेसम्म थपिएको हो।

मलेसियाका प्रधानमन्त्री तनश्री मुहिद्धिन यसिनले राष्ट्रिय सुरक्षा परिषद र स्वास्थ्य मन्त्रालयसँगको ब्रिफिङपछि आफूले यस्तो निर्णय लिएको बताएका छन्। देशको नागरिकलाई यो लामो समय घरमै बस्न मानसिक र शारीरिक हिसाबले तयार रहन पनि उनले आग्रह गरेका छन्। 

मलेसियामा पछिल्लो समय संक्रमितको सङ्ख्या बढ्दै गएको छ। हिजो एकै दिनमा मात्र एकसय ७२ नयाँ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ। अहिले मलेसियामा १६ सय २४ जनामा कोरोना संक्रमण भइसकेको छ भने कोरोनाकै कारण १६ जनाले ज्यान गुमाइसकेका छन्। 

प्रकाशित मिति: : 2020-03-26 02:04:31

प्रतिकृया दिनुहोस्