विप्लवका दुई नेतालाई छाड्नू: सर्वोच्च

बिएल संवाददाता

काठमाडाै‌ं

सर्वोच्च अदालतले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका दुई नेतालाई छाड्न आदेश दिएको छ।

न्यायाधीश टंकबहादुर मोक्तान र प्रकाश कुमार ढुंगानाको इजलासले बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई गर्दै विप्लवका नेता धिरिन्द्र कुमारी उपाध्याय र नविन विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको हो।

 बम विष्फोट, कर्तव्य ज्यान र राज्यविरूद्धको अपराधमा जिल्ला अदालतले दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो। तर उनीहरुले चैत ९ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गरेएका थिए।

प्रकाशित मिति: : 2020-03-26 07:01:15

प्रतिकृया दिनुहोस्