आयात निर्यातका चीनतर्फको नाका खुलाउने सरकारको निर्णय

नेपाल सरकारले चीनतर्फको नाका खुला गर्ने निर्णय गरेको छ।

उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री ईश्वर पोखरेल संयोजकत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले गत माघ १५ देखि बन्द भएका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने उद्धेश्यले नाका खुलाइएको हो।

आयात निर्यातका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपंक्षी मन्त्रालयले तयार पारेको प्रोटोकल अनुसार नाका सञ्चालन गर्ने निर्णय गरेको छ।

बाँकी निर्णयहरू

प्रकाशित मिति: : 2020-03-26 08:22:34

प्रतिकृया दिनुहोस्