लकडाउन उल्लंघन गर्ने १३७ सवारीसाधन प्रहरी नियन्त्रणमा

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले लकडाउन गरेको तेस्रो दिन महानगरीय ट्राफिक प्रहरीले १३७ सवारी साधन नियन्त्रणमा लिएको छ।

बिहीबार बिहानसम्म १३७ सवारी साधन नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिए।

उनले चार पाङ्ग्रे ११२ र दुई पाङ्गे २५ सवारी साधन नियन्त्रणमा लिएको बताए। 

जनसेवा, दरबारमार्ग, ठमेल, सोह्रखुट्टे, कमलपोखरी, सिहदरबार, कालिमाटी थापाथली, बल्खु, कलंकी, नागढुङ्गा, थानकोट, स्वयम्बु, नयाँबसपार्क, महारागंज, टोखा, बुढानिलकण्ठ, सुकेधारा,कपन गौशाला, एरपोट, गौचरण, कोटेशवर, काडाघारी, भक्रपुर, गठठाघर, कमलविनायक, ललितपुर जावालाखेल, मंगलबजार, सानेपा र भैसीपार्टीबाट सवारी साधन नियन्त्रणमा लिएको श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-27 04:04:38

प्रतिकृया दिनुहोस्