कोरोनासँग जुधिरहेका गरिबका लागि २२ बिलियन डलर निकासा

बिएल संवाददाता

काठमाडाै‌ं

भारतमा कोरोना भाइरसका कारण दैनिक कष्टकर भइरहेका गरिबका लागि २२ बिलियन डलर बराबरको आर्थिक सहायता कोष घोषणा गरिएकाे छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार उक्त प्याकेजको घोषणा गरेकी हुन्।

सीतारमणले यो प्याकेज आप्रवासी मजदुर र शहरी–ग्रामीाण क्षेत्रका गरीबको तत्कालको आवश्यकता पूरा गर्न यो प्याकेज ल्याइएको बताएकी छिन्। अर्थमन्त्री  सिथारमणले भनिन्, ‘हामी कोही पनि भोको नहुन् भन्ने चाहन्छौँ। कोही पनि पैसाबिहिन हुनुनपरोस् भन्ने हाम्रो सोच हो।’

यो प्याकेजमा गरिबका लागि निशुल्क खाना र पैसा दुवै उपलब्ध हुने छ। उनले भनिन्, ‘कोही गरीबले खानाको समस्या भोग्नु नपरोस् भनेर यो प्याकेजको माध्यमबाट पाँच किलो गहुँ वा चामल करिब ८० करोड मानिसलाई आगामी तीन महिनासम्म दिइनेछ। यसका लागि उनीहरुले पैसा तिर्नुपर्दैन।’ 

यो आगामी तीन महिनाका लागि अघि सारिएको प्याकेज भएको बताइएको छ।

कोरोना नियन्त्रणमा खटिनेलाई पचास लाखको बिमा


सरकारले विश्वव्यापी महामारी लिएको कोरोना भाइरसको नियन्त्रणमा आफ्नो ज्याननै जोखिम मोलेर खटिनेलाई  लक्षित गर्दै विशेष बिमा योजना ल्याएको छ।  

विश्वभरि नै कोरोना संक्रमणमा खटिएका जनशक्तिको व्यक्तिगत सुरक्षालाई लिएर प्रश्न उठिरहेका बेला भारतले बिमा योजना अघि सारेको हो। 

 अर्थमन्त्री सितारमणले बिहीबार पत्रकार सम्मेलनमार्फत् यसको घोषणा गरेकी हुन्।  जसअन्तर्गत स्वास्थ्यकर्मी, चिकित्सक, स्वयंसेविका, नर्सलगायतका जनशक्तिलाई प्रत्योक व्यक्तिलाई पचास लाख भारतीय रुपैयाँसम्मको बिमा गरिने भएको छ। 

कोरोना महाव्याधीबाट पर्ने अध्ययनका लागि गठित विशेष कार्यदलकी संयोजकसमेत रहेकी उनले यो योजनाबाट करिब २० लाख जना लाभान्वित हुने बताइन्।  

याे पनि

भारत सरकारले ८० करोडलाई जनतालाई तीन महिनासम्म नि:शुल्क रासन दिने

भारतमा कोरोना नियन्त्रणमा खटिनेलाई पचास लाखको बिमा

 

प्रकाशित मिति: : 2020-03-27 06:05:35

प्रतिकृया दिनुहोस्