भारत सरकारले ८० करोड बासिन्दाका लागि राहत प्याकेज घाेषणा गरेकाे छ। बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेपछि प्याकेज घाेषणा गरिएकाे हाे।
सरकारी घाेषणासँगै अब जनताले आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल पाउने भएका छन्। प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत बितरण गर्न लागिएकाे प्याकेज अन्तर्गत तीन महिनासम्म उनीहरुलाई पाँच किलो चामल वा गहुँ र एक/ एक किलो दाल निशुल्क बितरण गरिनेछ।
त्यस्तै, सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया