भारत सरकारले ८० करोड बासिन्दाका लागि राहत प्याकेज घाेषणा गरेकाे छ। बढ्दो संक्रमणका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तीन सातासम्म लकडाउनको घोषणा गरेपछि प्याकेज घाेषणा गरिएकाे हाे।
सरकारी घाेषणासँगै अब जनताले आगामी तीन महिनासम्म निशुल्क चामल, गहुँ र दाल पाउने भएका छन्। प्रधानमन्त्री गरीब कल्याण योजनाअन्तर्गत बितरण गर्न लागिएकाे प्याकेज अन्तर्गत तीन महिनासम्म उनीहरुलाई पाँच किलो चामल वा गहुँ र एक/ एक किलो दाल निशुल्क बितरण गरिनेछ।
त्यस्तै, सरकारले ८ करोड ६९ लाख किसानका लागि अप्रिल पहिलो हप्ता दुई हजार रुपैयाँ दिने घोषणा पनि गरेको छ। भारतमा अहिलेसम्म कोरोना संक्रमणका ६ सय ८० बिरामी भेटिइसकेका छन् भने १३ जनाको ज्यान गइसकेको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया