भारतमा कोरोना नियन्त्रणमा खटिनेलाई पचास लाखको बिमा

भारत सरकारले विश्वव्यापी महामारी लिएको कोरोना भाइरसको नियन्त्रणमा आफ्नो ज्याननै जोखिम मोलेर खटिनेलाई  लक्षित गर्दै विशेष बिमा योजना ल्याएको छ।  

विश्वभरि नै कोरोना संक्रमणमा खटिएका जनशक्तिको व्यक्तिगत सुरक्षालाई लिएर प्रश्न उठिरहेका बेला भारतले बिमा योजना अघि सारेको हो। 

भारतकी अर्थ मन्त्री निर्मला सितारमणले बिहीबार पत्रकार सम्मेलनमार्फत् यसको घोषणा गरेकी हुन्।  जसअन्तर्गत स्वास्थ्यकर्मी, चिकित्सक, स्वयंसेविका, नर्सलगायतका जनशक्तिलाई प्रत्योक व्यक्तिलाई पचास लाख भारतीय रुपैयाँसम्मको बिमा गरिने भएको छ। 

कोरोना महाव्याधीबाट पर्ने अध्ययनका लागि गठित विशेष कार्यदलकी संयोजकसमेत रहेकी उनले यो योजनाबाट करिब २० लाख जना लाभान्वित हुने बताइन्।  

याे पनि

भारत सरकारले ८० करोडलाई जनतालाई तीन महिनासम्म निशुल्क रासन दिने

प्रकाशित मिति: : 2020-03-27 03:29:17

प्रतिकृया दिनुहोस्