प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको स्रोतले बताएको छ।
स्रोतले भन्यो, ‘प्रधानमन्त्रीलाई असहज महसुस भएपछि यहाँ भर्ना गरिएको हो।’ प्रधानमन्त्रीकाे मुटुकाे चालमा केही तलमाथि देखिएकाे भएपनि अहिले बिहानसम्म स्थिति समान्य बनिसकेकाे बिएल नेपाली सेवालाई स्राेतले बतायाे।
ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।
प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने बेला उनको उपचारमा संलग्न चिकित्सकले उनी अझै पनि सक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन सुझाव दिएका थिए।
तर प्रयात्यराेपण गरेपछि आराम गर्नुपर्ने भएतापनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीकाे स्वास्थ्यमा समस्या देखिएकाे स्राेतकाे भनाइ छ। दुई दिनअधिमात्रै बसेकाे मन्त्री परिषद्काे बैठमा उनले करिब ४ घण्टा बिताएका थिए।
यता काेराेनाकाे सम्भावित सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्षबीच भएकाे भिडियो कन्फरेन्समा पनि उनी सहभागि भएका थिए।
प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर कन्फरेन्समा सहभागी भएका हुन्।