प्रधानमन्त्री राहत कोषमा कपिलले गरे ५० लाख सहयोग

कोरोना संक्रमणका कारण भारतमा २१ दिनको लक डाउनको घोषणा गरिएको छ। 

यसले, मजदुरहरुलाई दैनिक काम गरेर घरवार चलाउने समस्यामा परेका छन्। बलिउडमा पनि त्यस्ता कैयौ मजदुर छन्, जो दैनिक काम गरेर दैनिकी टार्ने गर्छन्।

यसैले, अहिले बलिउडकर्मीहरुले ती मजदुरका लागि पनि राहत घोषणा गर्न थालेका छन्। कमेडियन कपिल शर्माले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गरेका छन्। 

कपिल आफैले सामाजिक संजालमा यो कुराको जानकारी दिएका छन्। उनले लेखेका छन्–‘यो समय ती मानिसहरुका लागि हातेमालो गर्ने हो, जसलाई हाम्रो आवश्यकता परेको छ। कोरोनासँगको यो युद्धमा म ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्दछु। मेरो प्रार्थना छ कि, सबैजना घरमा सुरक्षित रहनुहोला।’

यस्तै, अर्का नायक ऋतिक रोशनले मास्क किनेर सरकारलाई हस्तान्तरण गरेको भारतीय मिडियामा उल्लेख छ।

प्रकाशित मिति: : 2020-03-28 03:41:51

प्रतिकृया दिनुहोस्