कोरोना संक्रमित धनगढीका युवाको बयान: शवदाह छेउको कक्षमा राखिएको छ,न औषधि दिएका छन्, न तातोपानी

नेपाल लाइभ

काठमाडौं

चैत ११ गते दुबईबाट भारतको दिल्लीहुँदै काठमाडौं आएका धनगढीका एक युवामा कोरोना संक्रमण देखिएपछि अहिले उनी उपचारकाक्रममा अस्पतालमा छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयले उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो। अहिले उनको परिवारका सबै कोरेन्नटाइनमा बसिसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका उनले कोरोना संक्रमणको पुष्टी भएपछि आफूलाई चिकित्सकहरुले वास्तै नगरेकाे दावी गरे । 

यस्तो छ, संक्रमित युवाले आफ्नो बारेमा नेपाल लाइभकर्मीलाई दिएको जानकारीः
दुबईबाट २० मार्च (चैत ७ गते) बिहान ७ बजे दिल्ली पुगें। दिल्लीबाट बिस्तार एयरलाइन्सको फ्लाइटमा साँझ ४ बजे काठमाडौं पुगेको थिए। काठमाडौं विमानस्थलबाट मामाको छोरासँग मोटरसाइकलमा मामा घर पुगेको थिएँ। घरमा माइजुमात्र थिइन्। म मामाघरमा अलग्गै कोठामा बसेको थिए।

२१ मार्च (चैत ८ गते) काठमाडौंबाट सिधै धनगढी आउने भनेको थिए। तर, टिकट नपाएपछि मैले नेपालगञ्जको टिकट काटे। काठमाडौंबाट नेपालगञ्जसम्म बुद्ध एयरको फ्लाइटमा पुगेको थिएँ। 

नेपालगञ्जको विमानस्थलदेखि म कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा अत्तरियासम्म पुगे। अत्तरियादेखि बस समातेर धनगढी पुगेको थिएँ।

प्रकाशित मिति: : 2020-03-29 01:03:03

प्रतिकृया दिनुहोस्