‘पर्दा पछाडिका हिरो’लाई सलमान खानको सहयोग

कोरोना संक्रमणका कारण भारतमा २१ दिनको लक डाउनको घोषणा गरिएको छ। 

यसले, मजदुरहरुलाई दैनिक काम गरेर घरवार चलाउने समस्यामा परेका छन्। बलिउडमा पनि त्यस्ता कैयौ मजदुर छन्, जो दैनिक काम गरेर दैनिकी टार्ने गर्छन्।

यसैले, अहिले बलिउडकर्मीहरुले ती मजदुरका लागि पनि राहत घोषणा गर्न थालेका छन्। यस्तैमा बलिउड स्टार सलमान खानले विभिन्न प्राविधिक संघ एवं समितिहरुमार्फत् सम्पर्क गरेर नगद एवं दैनिक खाद्यान्न वस्तु सहयोग गर्ने भएका छन्। बलिउड हंगामाका अनुसार सलमानले यो खबर मिडियामा नदिन निर्देशन समेत दिएका थिए। तर सहयोग प्राप्त गर्ने तिनै मजदुरहरुमार्फत् जानकारी चुहियो। 

छायांकन स्थलमा दैनिक ज्याला मजदुरी गर्ने एवं सहायक कलाकारहरुको संयोजक समेत रहेका राजेन्द्र लेखराज ‘पप्पु’ले खबर दिएका हुन्।

नरेन्द्र मोदी सरकारले २१ दिनका लागि देश लकडाउन गरेपछि बलिउडमा मजदुरी गर्नेहरु मारमा परेका छन्। लकडाउन लागू भएसँगै सलमान खानले सहयोग घोषणा गरेका थिए।

उनको सामाजिक संस्था बिङ ह्युमन फाउन्डेसनमार्फत् सहयोग गर्न लागेका हुन्। उनले सहयोग घोषणा गरेसँगै अन्य बलिउडकर्मीले पनि सहयोगको हात अघि बढाएका छन्।

प्रकाशित मिति: : 2020-03-29 02:40:59

प्रतिकृया दिनुहोस्