आफ्नै घरमा बोलाएर किशोरीको बलात्कार, भिडियो सामाजिक सञ्जालमा हालिदिने धम्की !

रौतहटमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन्। रौतहट कटहरिया नगरपालिकाका २८ वर्षीय भाग्यनारायण साहले सोही ठाउँकी किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार घटना चैत ७ गते हाे। ‘घटना चैत ७ गतेको हो। तर ११ गते मात्रै प्रहरीमा जाहेरी आएको छ,’ उनले भने। 

उनका अनुसार उनले किशोरीलाई भिडियो सामाजिक सञ्जालमा हालिदिने धम्की दिँदै आएका थिए। ‘धम्कीसँगै साहले आफ्नै घरमा बोलाएर किशोरीको बलात्कार गरेकाे भन्ने उजुरी परेकाे छ,’ प्रहरी नायब उपरीक्षक महतोले भने, ‘ घटनापछि भिडियो पनि बनाएको खुलेकाे छ। 

बलात्कारको आरोप लागेका साह हाल फरार रहेका छन्। उनको खोजी कार्य भइरहेको तथा उनले खिचेको भिडियोको बारेमा पनि अनुसन्धान भइरहेको महतोले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-29 05:56:16

प्रतिकृया दिनुहोस्