लकडाउनकाे उल्लंघन गर्दै शाहिद र मिराका लागि खाेलिन्छ जिमखाना !

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भारतमा पनि फैलिइरहेको छ। 

कोरोनाबाट नागरिकलाई बचाउनका लागि भारतीय सरकारले विभिन्न सतर्कता अपनाइरहेको छ। अहिले सामाजिक सञ्जालहरुमा बलिउड कलाकारहरु घरमै बस्न तथा आफ्नो स्वास्थ्यको ख्याल राख्न अपिल गरिरहेका छन्। 

साथै घरमै व्यायाम गरेर कसरी फिट हुने भन्ने जानकारी शेयर गरिरहेका छन्। तर यसैबीच अभिनेता शाहिद कपूर भने गुपचुप श्रीमती मिरा राजपुत कपूरलाई लिएर जिमखाना पुगको खबर चर्चामा छ।  

हुन त भारतको मुम्बईमा पनि जिमहरु बन्द गरिएका छन् तर शाहिद कपूर र उनकी श्रीमती मिरालाई मुम्बईको बान्द्रामा रहेको जिमखाना अगाडि देखियो। भारत सरकारले जिम बन्द गर्ने निर्देशन दिइसकेपछि पनि शाहिद र मिरालाई जिम गएको देखेपछि धेरैले आपत्ति जनाएका छन्। 

स्थानीय सरकारले जिम बन्द निर्देशन दिइसकेपछि पनि जिम चलाएपछि जिमखानाका मालिकलाई स्पष्टिकरण दिन सूचना पठाइएको थियो र त्यसलगत्तै स्थानीय सरकारले त्यो जिमखानालाई सिल गरिएको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार दिनभरि बन्द रहेको त्यो जिमखाना शाहिद र उनकी पत्नी मिराका लागि मात्रै खोलिएको थियो। शाहिदले गोप्य रुपमा जिमजाने पूर्ण कोसिस गरेका पनि थिए। तर उनी भारतीय पत्रकारहरुबाट बच्न सकेनन्। 

ती जिमखानाका मालिक युधिष्ठिर जयसिंहले यस विषयमा सफाइ दिँदै शाहिद र मिरा आफ्नो साथी भएको र जिममा आफूसहित तीन जनाले मात्रै समय बिताएको बताएका छन्।

यसअघि उनले शाहिद जिममा केवल सामानहरु लिन मात्रै आएको बताएका थिए। भारतीय सरकारी अधिकारीका अनुसार कुनै पनि एक जनाको लागि यसरी जिम खोलिनु गलत हो।

प्रकाशित मिति: : 2020-03-29 20:31:48

प्रतिकृया दिनुहोस्