भरी सिलिन्डर ग्यास भए १ बजेसम्म बेचिहाल्नू: आयल निगम

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल आयल निगमले ग्यास बिक्रेतालाई भरी सिलिन्डर ग्यास बेचिहाल्न निर्देशन दिएको छ। निगमले बिक्रेतालाई त्यस्तो ग्यास दिउँसो १ बजेभित्र बेचिसक्न भन्दै त्यो बेलासम्म बिक्री नभए सम्बन्धित उद्योगमा फिर्ता पठाउन समेत निर्देशन दिएको हो।

निगमले दिउँसो १ बजेदेखि बजारमा आधा सिलिन्डर ग्यासको मात्रै कारोबार हुने भन्दै त्यसपछि बिक्रेतासँग भरी सिलिन्डर ग्यास पाइए प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।

साथै बिक्रेता वा डिस्टिब्युटर्सले आफूसँग भएको ग्यासको विवरण, सुरुवाती मौज्दात लगायतका विवरणहरु समेत सबैले देखिनेगरी टाँस्न निर्देशन दिएको छ।
उद्योगहरुले पनि अब अर्को व्यवस्था नभएसम्मका लागि एउटा उद्योगको सिलिन्डरमा अर्को उद्योगले समेत ग्यास भर्न समेत निगमले खुला गरिदिएको छ।

यसअघि १४‍‍‍.२ किलोग्राम प्रतिसिलिन्डर हुँदै आएको ग्यास अब ७.१ किलोग्रामको हुनेछ। उक्त ग्यासको मूल्य आधा नै तोकिएको छ। अब, आधा सिलिन्डर ग्यासको मूल्य काठमाडौंमा ६ सय ८७ रुपैंया ५० पैसामा पर्छ। पूर्वी तराईमा ६ सय ७७ रुपैंया ५० पैसा पर्छ भने पश्चिम तराईका जिल्लाहरुमा ६ सय ७० रुपैंया पर्छ।

प्रकाशित मिति: : 2020-03-30 00:15:04

प्रतिकृया दिनुहोस्