प्रदेश ५ मा भारतसहित तेस्रो मुलुकबाट आएका २९ आइसोलेसनमा, ५ सय क्वारेन्टाइनमा

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश ५ मा भारतसहित तेस्रो मुलुकबाट आएका नेपाली तथा अन्य देशका शंकास्पद नागरिकलाई क्वारेन्टाइनमा राखिएका छन्। 

रुपन्देहीमा ५२ जनासहित प्रदेशभित्र ५ सय जनाभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको हो। यस्तै प्रदेशभित्र २९ जनालाई आइसोलेसनमा राखिएको प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीले बताए।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १२ जिल्लामा १ सय ९० स्थानमा क्वारेन्टाइन बनाइएको छ।

नवलपरासीमा १४ , पाल्पामा २३, अर्घाखाँचीमा ३४, प्युठानमा १६, बर्दियामा १९ र कपिलवस्तुमा १६ स्थानमा क्वारेन्टाइन बनाइएको छ। 

त्यस्तै गुल्मीमा २६, बाँकेमा ८, दाङमा १६, रोल्पामा १ तथा रुकुम पूर्वमा २ स्थानमा क्वारेन्टाइन तयार भएका छन्। 

प्रकाशित मिति: : 2020-03-30 02:05:38

प्रतिकृया दिनुहोस्