मन्त्रिपरिषद बैठकमा नयाँ अभ्यास: प्रधानमन्त्री र मन्त्रीलाई अनिवार्य मास्क, दूरी ३ मिटर

बिएल संवाददाता

काठमाडाै‌ं

मन्त्रिपरिषदको बैठकमा नयाँ अभ्यास सुरुवात गरिएको छ।

बालुवाटारस्थित सचिवालय हलमा आइतबार बसेको मन्त्रिपरिषद बैठकमा निर्धारित भौतिक दुरी कायम गरी प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूले मास्क लगाएर नै बसेका छन्। 

पछिल्लो समय सधैजसो बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री निवास रहेको भवनस्थित बैठक कक्षमा हुने गरिएकाे थियाे। तर स्थान सीमितताले गर्दा पर्याप्त भौतिक दूरी मिलाउन सकिने अवस्था थिएन। काेराेनाकाे उच्च जाेखिमलाई मध्यनजर गर्दै यसपटक ठूलो हलमा बैठक गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

Image may contain: one or more people, people sitting, table, living room and indoor

यसअघि मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको थियो। तर आजको बैठकमा प्रधानमन्त्री ओली अन्य मन्त्रीभन्दा करिव ३ मिटर टाढा बसेका छन्। प्रधामन्त्री ओली र अन्य मन्त्रीहरुले अनिवार्य सर्जिकल मास्ककाे प्रयोग गरेका छन्

बैठकका निर्णयहरू आजै सरकारका प्रवक्ता सूचना तथा संचार एवं अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वजनिक गर्नेछन्। 

प्रकाशित मिति: : 2020-03-30 07:27:40

प्रतिकृया दिनुहोस्