हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने श्रमिकलाई विपतमा विर्सने छैनौ: केजरीवाल

बिएल संवाददाता

नयाँदिल्ली

दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले सबै स्वदेशी तथा विदेशी कामदारलाई दिल्लीमा नै रहन आग्रह गरेका छन्। उनले सरकारले जस्तै कठिनाईमा पनि श्रमिकलाई वेवास्ता गर्न नसक्ने बताए।

‘हामीले देश निर्माणमा अहम् भूमिका खेल्ने सबै श्रमिकलाई विपत्मा विर्सने छैनौ,’ उनले भने।

उनले दिल्लीबाट भारतका अन्य राज्य तथा नेपाल र अन्य एशियाली मुलुकका लागि गाडीको व्यवस्थापन गर्न बसपार्कमा भेला भएको मानिसहरूलाई सङ्केत गर्दै यसले झन् समस्या निम्त्याउने बताए। 

केजरीवालले भने,‘लकडाउनको मन्त्र जो जहाँ छ त्यही रहने हो। यदि हामीले यसलाई पालना गरेनौँ भने हामीले कोरोनाविरूद्धको लडाईलाई जित्न कठिन पर्नेछ।’ 

प्रकाशित मिति: : 2020-03-30 09:26:17

प्रतिकृया दिनुहोस्