सडकमा ग्यासको सिलिण्डर बोकाएर बसाएको घटनामा छानबिन सुरु

बिएल संवाददाता

काठमाडाै‌ं

सामाजिक सञ्जालमा ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ।

प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो। त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उमेशराज जोशीले तस्वीर सार्वजनिक गर्ने व्यक्तिहरुसँग सोधपुछ थालिएको बताए। 

‘अहिले यो कुन ठाउँको तस्वीर हो भन्ने पनि अहिलेसम्म खुलिसकेको छैन,’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जोशीले भने, ‘हामीले खोजी थालेका छौं,छानविनपछि खुल्ला।’

प्रकाशित मिति: : 2020-03-30 13:07:15

प्रतिकृया दिनुहोस्