कोरोना संक्रमण शंका गरिएका दुई बिरामीको वीर अस्पतालमा मृत्यु

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको वीर अस्पतालमा मृत्यु भएको छ। मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन्।

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको वीर अस्पतालका निर्देशक डा‍ केदार सेञ्चुरीले जनकारी  दिए। तर, रिपोर्ट आएको छैन।

निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो। उनको सोमबार बिहान मृत्यु भएको हो। ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको निर्देशक सेञ्चुरीलेले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-03-30 16:57:00

प्रतिकृया दिनुहोस्