अमेरिकामा मलेरियाको औषधी कोभेड-१९ मा प्रयोग गर्न स्वीकृति

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गेम चेन्जर भन्दै आएका दुई औषधी हाइड्रोक्सी क्लोरोक्वीन सल्फेट र क्लोरोक्वीन फस्फेट अब कोभिड-१९ का लागि प्रयोग गर्न सकिने भएको छ। 

मलेरियाविरूद्ध प्रयोग गरिने यी औषधी अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए) ले कोभिड-१९ का लागि प्रयोग गर्न स्वीकृत दिएपछि नयाँ परिस्थिति सिर्जना भएको हो । 

यी औषधी कोभिड १९ का किशोर तथा जवान विरामीका लागि प्रयोग गर्न सक्ने भनिएको छ। 

एफडीएको स्वीकृतिपछि  ३० मिलियन डोज हाइड्रोक्सी क्लोरोक्वीन सल्फेट र १ मिलियन डोज क्लोरोक्वीन फस्फेट भण्डारण गरिने भएको छ। 

बेयर फार्मास्युटिकल्सले क्लोरोक्वीन फस्फेटको उत्पादन गर्छ भने स्याण्डोजले हाइड्रोक्सीक्लोरोक्वीन सल्फेट। यी दुबै औषधी मलेरियाको उपचारका लागि खाने चक्की हुन्।

अमेरिकाको डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेजले ल्याब परीक्षणमा यी औषधीले कोरोना भाइरसबिरुद्ध सकारात्मक प्रतिक्रिया देखाएको बताएको छ।  

प्रकाशित मिति: : 2020-03-30 23:48:23

प्रतिकृया दिनुहोस्