कोरोनाभाइरस: भारतीय महिलाले बनाइन् परीक्षण किट, कोभिड-१९ विरुद्धको सङ्घर्षमा नयाँ आशा

बिबिसी

काठमाडाै‌ं

कोरोनाभाइरसविरुद्धको लडाईँमा निकै कम मानिसहरूको स्वास्थ्य परीक्षण गरेको विषयलाई लिएर भारतले आलोचना बेहोर्दै आएको छ।

तर एकजना गर्भवती महिला भाइरसविद्ले बच्चा जन्माउनु केही घन्टाअघि परीक्षण कीट निर्माण गरेकाले अब स्थितिमा परिवर्तन हुने देखिएको छ।

भारतमा पहिलोपटक बनेको कीट बजारमा बिहीवारदेखि पुगेको छ। त्यसले मानिसहरूमा कोभिड-१९ भए नभएको पुष्टि गर्ने परीक्षणको दर बढाउन सकिने आशा जगाएको छ।

पश्चिमी सहर पुणेस्थित माइल्याब डिस्कभरी परीक्षण कीट बनाउने र बेच्ने अनुमति पाउने भारतको पहिलो कम्पनी भएको छ। उसले पुणे, मुम्बई, दिल्ली, गोवा र बङ्गुलुरूस्थित प्रयोगशालाहरूमा १५० वटा पहिलो परीक्षण कीटको पहिलो उत्पादन पठाएको छ।

माइल्याब डिस्कभरीका मेडिकल मामिला निर्देशक डा. गौतम वानखेडेले बीबीसीलाई भने, "हाम्रो उत्पादन समूहले हप्ताभरि नै काम गरिरहेको छ र अर्को खेप पनि पठाउँछौँ।"

एचआईभी र हेपाटाइटिस बी र सीका निम्ति परीक्षण कीट बनाउने गरेको मोलिक्युलर डाइगनोस्टिक कम्पनीले पनि कोभिड-१९ को परीक्षण कीट एक सातामा एक लाखसम्म आपूर्ति गर्न सक्ने जनाएको छ।

आवश्यकता परेमा दुई लाखसम्म निर्माण गर्न सक्ने उसको भनाइ छ।

माइल्याबले बनाएका प्रत्येक कीटले एक सयवटा नमुना परीक्षण गर्न सक्छन् र त्यसको मूल्य १२ सय भारतीय रूपियाँ पर्छ। भारतले बाहिरबाट ल्याउने कीटको मूल्य ४५ सयको तुलनामा त्यो करिब एक चौथाइ हुन आउँछ।

प्रकाशित मिति: : 2020-03-31 13:46:54

प्रतिकृया दिनुहोस्